कालीकोटमा एक औषधी पसल सिल, तीन पसललाई जरिवाना

कालीकोट– खाँडाचक्र नगरपालिका १ मान्ममा रहेको सम्राट मेडिकल हल सिल गरिएको छ । शुक्रबार सदरमुकाम मान्म बजारमा बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगंज, जिल्ला प्रशासन कार्यालय कालीकोट,उद्योग बाणिज्य संघ कालीकोट, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको संयुक्त अनुगमन टोलीले उक्त मेडिकल सिल गरेको हो । अनुगमनका क्रममा ब्यवसाय प्रमाण पत्र नविकरण नगराएको, बिल बीजक नराखेको, फर्मालिष्ट नराखेको लगायतका कानुनी आधारहरु पुरा नगरेको पाइएकाले सिलबन्दी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले बताउनु भयो । मान्म जिरोपन्टमा रहेको बिष्ट मेडिकल हललाई रु ५० हजार जरिवाना गरिएको छ ।
त्यस्तै उपभोग्य मिति उल्लेख नभएको चामल बेचबिखन गरेको आरोपमा राना जनरल स्टोर्सलाई रु २० हजार जरिवाना गरिएको छ । कर्णाली एग्रोफुट प्रोडक्टलेको उत्पाद गर्ने ठाउँ सफा नगएको र उत्पादन गरिने बस्तुमा उत्पादन मिति र उपभोग्य मिति नराखिएकोले रु ५ हजार जरिवाना गरिएको छ । मान्म बजारमा संचालनमा रहेका धेरै मेडिकलहरुले फर्मालिष्ट नराखेरै औषधी बिक्री बितरण गरेको पाइएको छ ।
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycrypto casino.
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.