
कालीकाेट- कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानिरीक्षक माधव प्रसाद श्रेष्ठ कर्णाली प्रदेशका तीन वटा जिल्ला प्रहरी कार्यालयकाे निरीक्षण गर्नु भएकाे छ ।
महानिरीक्षक श्रेष्ठले मुगु र जुम्लाकाे प्रहरी कार्यालय निरीक्षण पछि आइतबार जिल्ला प्रहरी कार्यालय कालीकाेटकाे निरीक्षण गर्नु भएकाे कालीकाेटका प्रहरी प्रमुख डिएसपी हिम बहादुर खत्रीले बताउनु भयाे ।
निरीक्षणका क्रममा श्रेष्ठले जिल्लाकाे शान्ती सुरक्षा अवस्थाबारे जानकारी लिनु भएकाे छ । प्रहरी संगठनकाे निरीक्षण गर्दै सम्पूर्ण कर्मचारीलाई आवश्यक नीति निर्देशन दिनु भएकाे बताइएकाे छ ।