-
ताजाखबर
अन्तरजिल्ला सुरक्षा समन्वय बैठक नाग्मामा सम्पन्न
कालीकोट– शान्ति सुरक्षा, अपराध नियन्त्रण, लागूऔषध तथा विपद् व्यवस्थापन लगाएतका बिषयमा छलफल गर्न आइतबार कालीकाेट र जुम्लाकाे सिमाना नाग्मामा अन्तरजिल्ला सुरक्षा समन्वय बैठक बसेकाे छ । कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईकाे अध्यक्षता र जुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माकाे विशिष्ट उपस्थितिमा बैठक सम्पन्न भएकाे हाे । त्यसैगरी साेही दिन मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेकाे अध्यक्षता र कालीकोट जिल्लाका…
-
कर्णाली प्रदेश
कर्णाली राजमार्ग अवरुद्ध
कालीकोट- कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक अन्तर्गत कालीकोटको गगने खोलामा पहिरो खस्दा सोमबार बिहानदेखि सडक अवरुद्ध भएको छ । आइतबार बेलुकीदेखिको वर्षाले गगने खोलामा पहिरो गएपछि कर्णाली राजमार्ग अवरुद्ध भएको हाे । अत्यधिक वर्षाका कारण पहिराे खसेकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्सेपेक्टर बिर बहादुर सुनारले बताउनु भयाे । उहाँका अनुसार अहिले पहिरो पन्छाउने काम भइरहेका छ । सडक अवरुद्ध हुँदा कालिकोट, जुम्ला मुगु, बाजुरा, हुम्लाबाट…
-
कर्णाली प्रदेश
कालीकोटका स्थानीय तहमा ४ अर्ब बढी बजेट
कालीकोट- जिल्लाका ९ वटै स्थानीय तहले पहिलो पटक असार १० को समय सीमाभित्र नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । यसअघि आधाजसो स्थानीय तहको बजेट समय सीमा कटेपछि आउने गरेको थियो । यस बर्ष स्थानीय तहले असार १० गतेको समय सीमाभित्र बजेट प्रस्तुत गरेका छन् । तीन नगरपालिका र ६ गाउँपालिका गरी ९ वटा स्थानीय तह रहेको कालीकोटकाले आर्थिक वर्ष ०८२/०८३ का लागि कुल…
-
श्रमिकहरूलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउने की ?
काठमाडाैं- नेपाल जस्तो मुलुकमा कमजोर आयस्रोत भएका श्रमिकहरूलाई पूर्ण रुपमा सामाजिक सुरक्षा योजनामा सहभागी गराउन सकेमाअबको केही दशकमा नै गरिबी निवारण हुने छ । यसका साथै हाल सरकारले वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता समेत योगदानमा आधारित हुने हुँदा सरकारलाई थप दायित्व सिर्जना हुने छैन। श्रम ऐन २०७४ ले श्रमिकको सञ्चयकोष उपदान ,स्वास्थ्य बीमा, दुर्घटना बीमा जस्ता सुविधाहरूको व्यवस्था गरेको छ। सामाजिक सुरक्षा कोष योजना…
-
ताजाखबर
नरहरिनाथ गाउँपालिका: पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
कालीकाेट: नरहरिनाथ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । ‘स्थानीय दायित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ शुक्रबार जिल्ला समन्वय समिति कालीकोटका प्रमुख तथा खोप समन्वय समितिका संयोजक धनजित बहादुर शाहीले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरेका हुन् । सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्यांक र सूचकका आधारमा पूर्ण खोप…