कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय
जिप दुर्घटनामा ३ जनाको मृत्यु, ९ जना घाइते

कालीकाेट- चंखेली गाउँपालिका–४ हुम्लाकाे देशीखोला नजिक जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चंखेली गाउँपालिका–६ की बसन्ती बुढा, सोही वडाका मानवीर बुढा र उनको छोरा भएकाे प्रहरीले जनाएकाे छ।
मेल्छामबाट गाउँपालिकाको केन्द्र पिप्लाङतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १०९१ नम्बरको डबल क्याब जिप शुक्रबार दुर्घटना भएको हाे । जीप दुर्घटनामा कैलाश सिरा, चालक बहादुर लामा, महेन्द्र रोकाया, हंस बुढा, देवाङ्स बुढा, अनुपमा रोकाया, पार्वती बुढा र विमला बुढा घाइते भएका छन् । ७ जना घाइतेहरुलाई नेपाली सेनाकाे हेलिकप्टरमा प्रदेश अस्पताल सुर्खेत लगिएकाे र अन्य २ जनाकाे स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।