मिति:- २७ आश्विन २०८२, सोमबार | समय:-
कर्णाली प्रदेशमुख्य खबरराजनीतिविचार

को हुन् ? कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा

सुर्खेत — २०२८ सालमा जन्मिएका राजकुमार शर्मा चौरजहारी नगरपालिका—१४ साक्चाका टीकाराम शर्मा र यसोधा शर्माका कान्छा छोरा हुन् । प्रतिभा केसीसँग बैवाहिक बन्धनमा बाँधिएका उनी एक छोरीका अभिभावक हुन् । शर्मा २०४१ सालमा स्कुल पढ्दापढ्दै अनेरास्ववियुको राजनीतिमा संलग्न भएका थिए । २०५०÷०५१ सालमा रुकुम–रोल्पामा सञ्चालित ग्रामीण वर्ग संघर्षको थालनी गर्दै सशस्त्र विद्रोहका बेला शर्मा पूर्णकालीन कार्यकर्ता भएर लागेको थिए ।

२०४८ सालबाट मोटो मशालको पार्टी सदस्यता लिएर विद्यार्थी राजनीति थालेका थिए । २०५० सालमा महतको फूलबारी जंगलमा ४५ दिने सशस्त्र तालिम गरेर सशस्त्र युद्धका लागि फौजी आधार तयार गर्नमा शर्माको महत्वपूर्ण भूमिका रहेको उनका जानकारहरु बताउँछन् । शर्माले ०५२ फागुन १ गते रूकुमको राडी प्रहरी चौकी कब्जा गर्न नेतृत्वदायी भूमिका खेलेका थिए । ०५३ पुसमा डोल्पाको त्रिवेणी चौकी आक्रमणमा पनि उनी सहभागी भए ।

२०५४ देखि ०६१ सालसम्म शर्माले साविक कर्णालीका विभिन्न जिल्लाहरुको सेक्रेटरीदेखि इन्चार्जसम्मको जिम्मेवारी पाएका थिए । शान्ति प्रक्रियापछि भने थारुवान राज्य समिति दाङ–कञ्चनपुरको प्रमुख भए । ०६७ सालपछि नेवाः राज्यमा रहेर काम गरे । उनीसँग माओवादीको केन्द्रीय प्रचार विभागमा समेत रहेर काम गरिसकेको अनुभव छ । २०७४ सालमा शर्मा जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख बने । त्यसबेला उनले सबै स्थानीय तहसँग सम्बन्ध स्थापित गरी विकास–निर्माण र कानुन निर्माणका काममा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । शर्माको सरल व्यवहार र इमान्दारिता सबैका लागि अनुकरणीय रहेको छ ।

३८ वर्षअघि विद्यार्थी पृष्ठभूमिबाट राजनीति सुरु गरेका शर्मा बुधबार कर्णाली प्रदेशको मुख्यमन्त्री बन्न सफल भएका छन् । २५ सांसदको समर्थनमा शर्मा मुख्यमन्त्री नियुक्त भएका हुन् । वर्ग संघर्षबाट राजनीतिमा स्थापित भएका उनी इमान्दार र निडर नेताको रुपमा परिचित छन् । शर्माले नेकपा माओवादी केन्द्र रुकुम पश्चिमको इञ्चार्ज र कर्णाली प्रदेश अध्यक्षको भूमिकासमेत निर्वाह गरिसकेका छन् । आफूसँग कर्णालीको मुहार बदल्ने र प्रदेशलाई समृद्धिको यात्रामा डोयाउने योजना भएकाले मुख्यमन्त्रीमा दाबी गरेको शर्माको भनाइ छ ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

42 Comments

  1. online casino usa bonus, online bingo slots uk and
    best online casino account gehackt (Wendy) poker site for beginners usa, or new
    zealandn roulette games

  2. best way to win united kingdom roulette, united kingdom roulette free download and casino apps real
    money australia, or australian online pokies how can i earn real money from home (Terri) money

  3. united kingdom gambling news, where can i play poker online
    in australia and paypal bingo sites uk, or no deposit roulette bonus usa

    Also visit my web site; da vinci diamonds casino (Lorenza)

  4. casino amusements united kingdom, united statesn no deposit
    free spins and free spins real money no deposit united kingdom,
    or poker sites australia 2021

    My homepage :: become a professional craps player
    (Lurlene)

  5. Hi, I do think your site could be having internet browser compatibility problems. Whenever I take a look at your blog in Safari, it looks fine but when opening in I.E., it’s got some overlapping issues. I just wanted to give you a quick heads up! Apart from that, great website!

  6. Публикация приглашает вас исследовать неизведанное — от древних тайн до современных достижений науки. Вы узнаете, как случайные находки превращались в революции, а смелые мысли — в новые эры человеческого прогресса.
    Раскрыть тему полностью – https://ss-zemi.com/blog/630

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker