मिति:- १२ श्रावण २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचार

नगर प्रहरीको दिक्षान्त समारोह

कालीकोट– कालीकोटको राष्कोट नगरपालिकाले नगर प्रहरीको दिक्षान्त समारोह सम्पन्न छ । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगंजको बाँकेमा संचालन गरिएको ४५ दिने आधारभूत तालिम पश्चात दिक्षान्त समारोह गरिएको हो ।

नगर पालिका भित्र कानूनको शासन स्थापित गर्दै नागरिकहरूलाई न्याय, सुरक्षा तथा व्यवस्थाको प्रत्याभूति गर्न, बजार क्षेत्रको प्रभावकारी व्यवस्थापन गर्नको लागि नगर प्रहरी राखिने नगर प्रमुख धर्मराज शाहीले बताउनु भयो ।

यस्तै नगर क्षेत्रभित्रका प्राकृतिक तथा सांस्कृतिक स्रोत र सम्पदाको संरक्षण र सम्वद्र्धन गर्न तथा जुनसुकै बेला आउन सक्ने विपद् र अन्य आकस्मिक घटनाहरूको तत्काल सम्बोधन र समन्वय गरी नागरिकको जीउधनको सुरक्षा गर्दै नगरभित्र सुव्यवस्था कायम गरी नगरवासीलाई स्थानीय सरकारको अनुभूति प्रदानमा पनि मद्दत पुग्ने उहाँको भनाइ छ ।

नगरपालिकाको सम्पत्ति र सम्पदाको संरक्षण गर्ने, नगरपालिकाबाट आयोजित सभा समारोह, परम्परा, जात्रा, चाडपर्व, आदि व्यवस्थापनमा सहयोग पुर्याउने, नगर बजार, सडक ,पार्किङ्ग स्थल व्यवस्थापनमा सहयोग पुर्याउने, न्यायिक समितिले गरेका आदेश फैसला कार्यान्वयनमा नगर प्रहरीले सहयोग पुर्याउने नगर उपप्रमुख मनिराज बरालले बताउनु भयो । पहिलो चरणका नगरप्रहरी हल्दार सहित १५ जना नियुक्ती गरिएको छ । नगर प्रहरी नियुक्त गर्ने रास्कोट नगरपालिका कालीकोटको पहिलो स्थानीय तह हो ।

नेपालको संविधान, २०७२ को अनुसूची ८ ले स्थानीय तहलाई नगर प्रहरी स्थापनाका लागि एकल अधिकार दिएको छ । राष्कोट नगरपालिकाले राष्कोट नगरपालिका नगर प्रहरी ऐन २०७९ र नगर प्रहरी संचालन तथा ब्यवस्थापन कार्यविधि २०७९ नगरपालिकाको १० औँ नगर सभाबाट पारित गरिएको छ ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

3 Comments

  1. Избранные свежие события часового мира – актуальные модели легендарных часовых компаний.
    Все модели часов от бюджетных до очень премиальных.
    https://watchco.ru/

  2. Избранные актуальные события мира часов – свежие модели культовых часовых брендов.
    Абсолютно все модели хронографов от недорогих до очень дорогих.
    https://bitwatch.ru/

  3. Все трендовые новости часового мира – трендовые новинки культовых часовых компаний.
    Точно все варианты хронографов от недорогих до супер дорогих.
    https://bitwatch.ru/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button