मिति:- २३ बैशाख २०८१, आईतवार | समय:-
ताजाखबरमुख्य खबरसमाचारसुचना प्रबिधी

आज २६ औँ भूकम्प सुरक्षा दिवस (भूकम्पबाट बच्ने १० उपाय सहित)

काठमाडौँ- विस १९९० को विनासकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ ।

भूकम्पले क्षति पुर्‍याएका संरचनाको पुनः निर्माण र भूकम्पको जोखिम न्यूनीकरणका लागि सरकार, सरोकारवाला निकाय र संघसंस्थाले दिवसलाई जागरण फैलाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम गर्दै आएका छन् । यसै सन्दर्भमा ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ ’ भन्ने मूल नाराका साथ २६ औँ भूकम्प सुरक्षा दिवस– २०८० विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन लागिएकाे छ ।

विसं १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । उक्त दिन दिउँसो २ः२४ बजे गएको ८‍‍‍.४ म्याग्निच्युडको भूकम्पले जनधनको ठूलो क्षति पुर्‍याएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोक विजय अधिकारीका अनुसार विस १९९० को भूकम्पमा परी आठ हजार पाँच सय १९ जनाको मृत्यु भएको थियो ।

असी हजार घर ध्वस्त भएका थिए । ध्वस्तघरसहित घर, विद्यालय, देवालय र पार्टीपौवा तथा सार्वजनिक भवनसमेत गरी २ लाख ७ हजार दुई सय ४८  संरचना भत्किएको थियो । यसैगरी विसं २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पमा परी आठहजार छ सय ७० जनाको निधन भएको थियो भने सातलाख भन्दा बढी आवासमा क्षति पुगेको थियो ।

भूकम्पबाट बच्ने १० उपयोगी उपाय:

भुईंचालो जुनसुकै बेला अचानक जान सक्छ । भुईंचालोको बेला तपाईं जहा भएपनि सम्भावित जोखिमबाट बच्न यहाँ उल्लेखित दश कुरा जानि राख्नुहोस् ।

१) आफू र आफ्नो परिवारका लागि सुरक्षित ठाउँ पत्ता लगाउनुहोस् ।
२) भूकम्पको झट्का थाहा पाउने वितिक्कै आगोको श्रोतहरु तत्काल बन्द गर्नुहोस् ।
३) हतारमा आत्तिएर बाहिर नभाग्नुहोस।
४) कम्तीमा एउटा ढोका खुल्लै हुने बन्दोबस्त मिलाउनुहोस् ।
५) घरबाहिर हुँदा टाउकोलाई सुरक्षित राख्नुहोस र जोखिमयुक्त वस्तुबाट बच्नुहोस् ।
६) डिपार्टमेण्टल स्टोर वा प्रर्दशनी हल जस्ता ठूला व्यावसायिक केन्द्रमा
हुनुहुन्छ भने त्यहाँका गार्ड अथवा कर्मचारीले भने बमोजिम गर्नुहोस् ।
७) सवारी साधन चलाउँदै हुनुहुन्छ भने बायाँतर्फ मोडी पार्क गर्नुहोस् । निषेधित क्षेत्रमा नलानुहोस् ।
८) पहिरो, ढुङ्गा तथा चट्टान आदिबाट सावधान रहनुहोस् ।
९) सुरक्षित ठाउँतर्फ जाँदा अत्यावश्यक थोरै सामानमात्र बोकि हिंडेर जानुहोस् ।
१०) हल्लाको पछि नलाग्नुहोस् । सही सूचना प्राप्त भएपछिमात्र सुरक्षित
स्थलतर्फ लाग्नुहोस् ।

 

मनिराज पाण्डे

पत्रकार मनिराज पाण्डे कालीकोटमा बसेर लामो समय देखि सूचना, संचार, प्रविधि र विकासका बिषयमा समाचार लेख्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please, off your Ad Blocker