मिति:- १० श्रावण २०८१, बिहीबार | समय:-
कर्णाली प्रदेशताजाखबरसमाचारसमाजस्थानीय

भीरबाट लडेर हाेटल व्यवसायीको मृत्यु

कालीकोट- पलाता-९ थिर्पूका ४९ वर्षीय हाेटल व्यवसायी हरिकृष्ण बमको भीरबाट लडेर मृत्यु भएको छ । नरहरिनाथ-१ जितेमा माछा मार्न थापेको पासा निकालेर फर्किने क्रममा बुधबार बिहान भीरमा चिप्लिएर लडेका बमको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक पोषण थापाले बताउनु भयाे । उनको शव पोस्टमार्टमका लागि दिउँसो जिल्ला अस्पताल मान्म ल्याइएको छ ।

लालीघाट बजारमा १० वर्षदेखि होटल व्यवसाय गर्दै परिवारको लालनपालन गरिरहेका बमका श्रीमती, ३ छोरा र २ छोरी छन् । घरमुलीको मृत्युपछि परिवारको बिचल्ली भएको पलाता गाउँपालिकाका पूर्वअध्यक्ष लक्ष्मणबहादुर बम पलातीकान्छाले बताए ।

असोज २८ गते तिलागुफा-७ भैँसेगौडामा काठे पुलबाट चिप्लिएर तिला नदीमा बेपत्ता भएका तिलागुफा नगरपालिका-९ चिल्खायाका २२ वर्षीय अर्जुन उपाध्ययाको शव २३ दिनपछि फेला परेको छ ।

मंगलबार विहान माछा मार्न गएका स्थानीयले लास देखेर प्रहरीलाई खबर गरेका थिए । दसैंअघि नदीमा बेपत्ता भएका उपाध्यायको परिवारले यसअघि नै काजकिरिया गरिसकेकाले वडाध्यक्षको रोहवरमा आफन्तले लासको सनाखत गरेर बालीघाटमा अन्त्येष्टि गरिएको डिएसपी अर्जुन केसीले बताउनु भयाे ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button