कालिकोटमा प्रदेश स्तरिय खुल्ला ब्याटमिन्टन प्रतियोगिता हुदै

कालिकोटमा पहिलो पटक कर्णाली प्रदेश स्तरिय ब्याटमिन्टन प्रतियोगिता हुने भएको छ। जिल्ला ब्याटमिन्टन संघ कालिकोटको आयोजनामा प्रदेशकै ठुलो पुरुष डबल ब्याटमिन्टन प्रतियोगिता हुने भएको हो । जिल्ला सदरमुकाम मान्मको कवड हलमा माघ २६ गतेबाट हुने प्रतियोगिताको विजेताले नगद ५१ हजार एक ११ रुपैयाँ पुरस्कार पाउँने छ ।
त्यस्तै उप विजेताले ३० हजार १ सय ११ र सेमिफाइनल सम्म पुग्ने दुई जोडले १५ हजार १ सय ११ नगदका साथै मेडलको समेत व्यवस्था गरिएको ब्याटमिन्टन संघ कालिकोटका अध्यक्ष बिरेन्द्र बहादुर शाही जानकारी दिए ।
जिल्लामा नियमित ब्याटमिन्टन प्रतियोगिता हुने गरेपनि यति ठुलो पुरस्कार राशिको प्रतियोगिता पहिलो पटक हुन लागेको अध्यक्ष शाहीको भनाई छ । प्रतियोगितामा कर्णालीका दश वटै जिल्लाबाट खेलाडीहरुले टीम दर्ता गरी सहभागी हुन पाउने आयोजकले बताएको छ ।
कर्णाली प्रदेशका सबै १० वटै जिल्लालाई आमन्त्रण गरिने बताइएको छ । कर्णाली प्रदेशका कालिकोट,जुम्ला,जाजरकोट, दैलेख,सल्यान, सुर्खेत लगाएतका जिल्लाबाट सहभागिता हुने छन्।
कर्णाली प्रदेश स्तरिय ब्याटमिन्टन प्रतियोगिता भएकाले सबै तयारी थालिएको आयोजकले जनाएको छ । टिम दताए सुल्क ३ हजार राखिएको छ । प्रतियोगिता माघ २६ देखि २८ गते सम्म हुने जिल्ला ब्याटमिन्टन संघ कालिकोटका सचिब विनोद शाहीले जानकारी दिए
खेल क्षेत्रका सुधार ल्यउदै कालिकोटबाट केन्द्र सम्म प्रतिसप्रदागर्ने ब्याटमिन्टनको खेलाडि उत्पादन गर्ने र ब्याटमिन्टनलाई निरन्तरता दिने उदेश्यले कालिकोट कप सुरु गरीएको छ ।
Comment
I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.