मिति:- ५ जेष्ठ २०८१, शनिबार | समय:-
ताजाखबरमुख्य खबरशिक्षासमाजस्थानीय

बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा

कालीकोट– तिलागुफा नगरपालिकाको वडा नं. ९,१० र ११ लाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको छ । तिलागुफा ९ को शिवालय माध्यामिक बिद्यालयमा भएको एक समारोहमा नगरपालिकाका तीनवटै वडालाई एकै साथ बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको हो ।

सेभद् चिल्ड्रेनको आर्थिक सहयोग र किर्डाक नेपालको प्राविधिक सहयोगमा नगरपालिकाले बालमैत्री स्थानीय शासन लागु भएका वडा घोषणा गरेको हो । नगरप्रमुख शंकर प्रसाद उपाध्याय प्रमुख अतित्थ्यता,नगर उपप्रमुख महेन्द्र बहादुर शाही, जिल्ला समन्वय समिति सदस्य विर बहादुर रावत, प्रमुख जिल्ला अधिकारी गणेश नेपाली , डिएसपी अर्जुन केसी, किर्डाक नेपालका जिल्ला संयोजक तुलाराम पाण्डे बिषेश अतिथि रहेको उक्त कार्यक्रमको अध्यक्षता वडा नं. १० का वडा अध्यक्ष मुन बहादुर थापाले गर्नु भएको थियो ।

कार्यक्रममा शिक्षक, बिद्यार्थि, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकार र बिभिन्न संघ संस्थाका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

 

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

2 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please, off your Ad Blocker