ताजाखबरमुख्य खबरसुचना प्रबिधी
सरकारले सप्टवेयर क्षेत्रमा लगानी गर्न सकेन- अधिकारी

काठमाडाै- सरकारले लगानी भनेर केवल नगदलाई मात्रै हेर्यो । आईटी क्षेत्रमा लगानी भएको ज्ञान, सिप र समयको कुनै मूल्य दिइएन । जुन कार्य त्रुटीपूर्ण छ । नेपाल सरकारले कृषि क्षेत्रको विकास र विस्तारका लागि जसरी किसानलाइ सहुलियत ऋण प्रदान गर्छ त्यसरी नै नेपाली सफ्टवेयर निर्माण कम्पनीहरुका लागि सहुलियतपूर्ण ऋण प्रदान गरिनु आवश्यक छ ।
नेपालको पहिलो बैकिङग सफ्टवेयर पुमरीले (#PUMORI), कुनैबेला नेपालको ८० प्रतिशत मार्केट लिएको थियो। आज किन डाइनोसर जसरी लोप हुदैँ छ? भन्ने बिषयमा सरकारले चाँसाे र चिन्ता लिन ढिलाे भइसक्याे ।
फिनाकल (#FinacleCoreBanking) विदेशी सफ्टवेयर जुन गतिमा नेपाली मार्केटमा छ, त्यो गतिलाई रोक्नकोलागि सरकारले सफ्टवेयर क्षेत्रमा आवश्यक लगानीको वातारण बनाउनुपर्छ । आईटी उद्यमी बन्न चाहनेहरुका लागि बैंकहरुमार्फत सहुलियत ऋण दिएर पनि यस क्षेत्रलाई प्रोत्साहन गर्न सरकारले ढिला गर्नु हुदैन।
सरकारले विभिन्न सुचना र प्रविधीसगँ सरोकार राख्ने निकायसँग समन्वय गर्न सकेको छैन। अहिलेसम्म कुनै पनि धर्ना, अनशन, आन्दोलन तथा विरोध प्रदर्शनका कार्यक्रम गरि सरकारलाई दबाव सिर्जना नगरेर सरकारले हेपेको होकी भन्ने हाम्राे बुझाइ छ ।
आईटी क्षेत्रमा निजि क्षेत्रको खर्बौ लगानी छ । यसलाई सरकारले उचित ध्यान दिन नसकेको छैन । नेपाल बन्छ जब नेपालमै बनाईन्छ, सफ्टवेयर बाट समृद्धि भन्ने नारलाई सबै मिलेर साकार पारौ । अनि मात्र सम्भव छ, समृद्धि र विकास ।
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.
Salam, qiymətinizi bilmək istədim.
হাই, আমি আপনার মূল্য জানতে চেয়েছিলাম.
Thank you, your article surprised me, there is such an excellent point of view. Thank you for sharing, I learned a lot.
I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.