आज नागपञ्चमी पर्व मनाइँदै

कालीकाेट- प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व हिन्दू धर्मावलम्बीले आज विशेष श्रद्धापूर्वक मनाउँदै छन् । आज देशैभर हिन्दू परम्पराअनुसार घरका ढोकामा नागको चित्र टाँसी पूजाआजा गरिन्छ । बराह पुराणमा उल्लेख भएअनुसार नागराजसँग ब्रह्माको संवाद पञ्चमी तिथिमा भएकाले श्रावण शुक्ल पञ्चमी अर्थात् आजको दिन नागपूजाको लागि प्रसिद्ध रहेको छ । यस दिनमा नागका अष्टकुल अर्थात् अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलिर, कर्कट एवं शंख नागको चित्रमा दूध, दही, अक्षता, फूल, दूबोले पूजा गरी दूध र लावाको नैवैद्य चढाई घरको मूल ढोकामाथि टाँसिन्छ । नागको चित्रमा लेखिएको हुन्छ :
अनन्तो वासुकि पद्मो महापद्मश्च तक्षक: । कुलिर: कर्कट: शंखश्चाष्टौ नागा: प्रकीर्तिता: ।।
अगस्त्यश्च पुलस्त्यश्च वैशम्पायन एव च । सुमन्तुर्जैमिनिश्चैव पञ्चैते बज्रवारका: ।।
मुने कल्याणमित्रस्य जैमिनेश्चापि कीर्तनात् । विद्युदग्नि भयं नास्ति लिखितं गृहमण्डले ।।
यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दु:ख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक मान्यता छ । आजदेखि वर्षायाम समाप्त भई हिउँदयाम प्रारम्भ भएको मानिन्छ । हिन्दू धर्मका चाडपर्वहरू पनि नागपञ्चमीबाटै सुरु हुन्छन् ।
https://t.me/s/TgGo1WIN/13
Официальный Telegram канал 1win Casinо. Казинo и ставки от 1вин. Фриспины, актуальное зеркало официального сайта 1 win. Регистрируйся в ван вин, соверши вход в один вин, получай бонус используя промокод и начните играть на реальные деньги.
https://t.me/s/Official_1win_kanal/71
https://t.me/s/Official_1win_kanal?before=1382
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://www.binance.info/fr-AF/register-person?ref=JHQQKNKN