मिति:- १ आश्विन २०८२, बुधबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

कर्णाली राजमार्ग पुन: अवरुद्ध

कालीकोट- शुभकालिका–१ गगने खोलाको पहिरो गएपछि कर्णाली राजमार्ग पुन: अवरुद्ध भएको छ। वर्षा हुने बित्तिकै लेदो र ढुङ्गासहित झर्ने पहिरोले यात्रुलाई सास्ती हुने गरेको छ।

गएरातिको वर्षाले बुधबार बिहान ३ बजेदेखि कर्णाली राजमार्ग अवरुद्ध भएको कालीकोट जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरबहादुर सुनारले बताउनु भयाे। हिजो बेलुकीदेखिको वर्षाले बिहान पहिरो गएको पहिराे पन्छाएर सडक सूचारु गरिएकाे केही समयमै पुन पहिराे गएकाे छ । अहिले पहिरो पन्छाउन जेसीभी मेसिन लगाइएकाे छ तर पहिराे आउनेक्रम राेकीएकाे छैन ।

फेरि गगने खोलामै पहिरो गएकाले सुर्खेत जाने गाडी ८ किमि वर हुल्ममा र सुर्खेतबाट आएका गाडी मालाचौरमा रोकिएका छन्। गगने खाेलामा असार यता मात्र २८ पटक पहिरो झरेर ३७ दिन सडक अवरुद्ध भएको छ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Check Also
Close
Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker