मिति:- ५ जेष्ठ २०८१, शनिबार | समय:-
ताजाखबरमुख्य खबर

ल्यान्डिङ गियरमा समस्या देखिएको जहाज कसरी उड्यो

काठमाडौँ — ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ । बुद्धका सिनियर क्वालिटी एसुरेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठका अनुसार उडानका क्रममा ल्यान्डिङ गियरको ‘प्राइमरी इन्डिकेटर’मा समस्या देखिए पनि इन्जिनियरहरुले जाँच गर्दा कुनै त्रुटि भेटेनन् । उनले भने, ‘हामीले सोमबार समस्या देखिएको भनिएको जहाजको पूरै परीक्षण गर्‍यौं । तर केही खराबी नदेखिएपछि ह्यांगरबाट उडानमा फर्कायौं ।’उनले अगाडि भने, ‘हामीले जहाजलाई ह्यांगरमा ज्याक राखेर उठायौं अनि १०/१२ पटक अन एयरमा जस्तै ल्यान्डिङ गियर (पाङग्रा) झार्‍यौं । बन्द गरी हेर्‍यौं । केही समस्या देखिएन । नर्मल नै देखियो ।’इन्जिनियरले जहाज ठीक भएको रिपोर्टिङ नियमनकारी संस्था हवाई सुरक्षा विभागलाई गरेपनि उक्त जहाजलाई उडानका लागि अनुमति दिइएको विभागका एक अधिकारीले बताए ।

सराेज अधिकारी

सरकारी सेवामा कार्यरत सरोज अधिकारी पर्यटन र साहित्यमा रुचि राख्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please, off your Ad Blocker