कालीकाेट- तिलागुफा नगरपालिका वडा न. ७ र ८ लाइ बालविवाह निषेधित वडा घोषणा गरिएकाे छ। वडा न. ७ र ८ को आयोजना,सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र किडार्क नेपालको सहजीकरणमा विभिन्न १५ वटा सुचकहरु पूरा गरेका २ वटा वडाहरुलाइ बालबिवाह निषेधित वडा घोषणा गरिएको हो ।
घोषणा कार्यक्रमा नगर प्रमुख शंकर प्रसाद उपाध्यायकाे प्रमुख आतिथि नगर उप प्रमुख महेन्द्र ब. शाहीको बिशेश आतिथि र अन्य राजनैतिक दल,सरकारी एवं गैर सरकारी संघ संस्था,युवा,बुद्धिजिवि,कर्मचारी पत्रकार,नागरिक समाज,सुरक्षाकर्मी, धामीझाँक्री,पुरोहित, बालक्लब,बाल सन्जाल,लक्षित बर्गहरु लगायत स्थानीय बासिन्दाकाे सहभागीतामा सामुहिक प्रतिबद्धता सहित घाेषणा सभा सम्पन्न गरिएको छ ।
सामाजिक तथा कानुनी अपराध मानिने बालबिवाह तिलागुफा नगरपालिका वडा न. ५ खल्ला र वडा न. ६ जुबिथालाइ यस अघिनै निषेधित वडा घोषणा गरिसकिएकाे छ ।