मिति:- २३ बैशाख २०८१, आईतवार | समय:-
कर्णाली प्रदेशताजाखबरमनोरञ्जनमुख्य खबरशिक्षासमाजस्थानीय

कालीकोटको सदरमुकाम मान्ममा देउडा खेल सुरु

कालीकोट– सदरमुकाम मान्म बजारमा साउने संक्रान्तीको अवसरमा देउडा खेल सुरु भएको छ । कर्णाली प्रदेश सरकारले साउन १ गते बिदा साउने संक्रान्ती बिदा दिएपछि पहिलो पटक देउडा खेलको आयोजना गरिएको हो । लोक संस्कृति जोगाउने हाम्रो अभियान, उत्कृष्ट देउडा सर्जकलाई सम्मान भन्ने मुल नाराको साथ कर्नाली देउडा प्रतिष्ठान नेपाल वीरेन्द्रनगर सुर्खेतको देउडा खेलको आयोजना गरेको हो ।

कर्णालीको भाषा,संस्कृति, सभ्यता र यहाँको रितीथितीका बारेमा जानकारी दिन खेलको आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष नेत्रराज शाहीले बताउनु भयो । देउडा गीत मार्फत कर्णालीमा रहेको बालविवाह, सामाजिक कुरिती र कुसंस्कार अन्त्य गर्न सहयोग पुग्ने बताइएको छ । कर्णालीमा निकै प्रचलित देउडा खेलका माध्यमबाट संस्कृति जर्गेना, समाज रुपान्तरण, जनचेतनाको विकास तथा सामाजिक जागरण फैलाउन सकिने गजलकार पुष्पराज आर्चाय पिडीतको बताउनु भयो ।

खेलको सहकायोजकमा कालीकोटका नौ वटै स्थानीय तह, नेपाल पत्रकार महासंघ जिल्ला शाखा कालीकोट, होटल ब्यवसायी संघ, कालीकोट उद्योग बाणिज्य संघ, लगायतका रहेका छन् । खेल सोमबार र मंगलबार हुने आयोजकले जनाएको छ ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Check Also
Close
Back to top button

Adblock Detected

Please, off your Ad Blocker