मिति:- ८ श्रावण २०८१, मंगलवार | समय:-
ताजाखबरमुख्य खबरस्थानीय

राजर्मागको ठाउँ –ठाउँमा पहिरो

कर्णाली राजमार्ग अवरुद्ध

कालिकोट– कर्णाली राजमार्ग अन्तर्गत दैलेख र कालिकोट खण्डका बिभिन्न भागमा पहिरो गएपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । दैलेखको दुल्लु नगरपालिका ३ बोटखोला, चामुण्डा बिन्दासैनी नगरपालिका ७ रामाघाट, गुराँस गाउँपालिका ६ जिरोपन्ट, केराबारीमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो । त्यस्तै कालिकोट खण्ड अन्तरगत पर्ने खाडाचक्र नगरपालिका १ सुनारखोला र खाँडाचक्र ५को मौलाकाटियामा पहिरो गएको छ ।

सुर्खेतको बराहताल गाउँपालिका ७ कल्यानमा पहिरो गएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । राजमार्ग सुचारु गर्न जिल्ला स्थीत नेपाल प्रहरी, स्थानीय प्रशासन र सडक बिभागका कर्मचारी पहिरो पन्छाउने कार्यमा लागि रहेका छन् । कालिकोट खण्डको सडक बेलुकी सम्म सुचारु गर्ने गरी कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनु भयो । लगातारको बर्षाले जिल्ला भर भएको क्षेतीको विवरण संकलन गर्ने तथा राजमार्ग खुलाउने कार्यमा प्रहरी परिचालन गरिएको डिएसपी जयश्वर रिमाले बताउनु भयो ।

मनिराज पाण्डे

पत्रकार मनिराज पाण्डे कालीकोटमा बसेर लामो समय देखि सूचना, संचार, प्रविधि र विकासका बिषयमा समाचार लेख्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button