कालिकोट–बाल मैत्री समाजको आधार,जिम्मेवार परिवार उत्तरदायी सरकार भन्ने मुलनाराका साथ आज बिभिन्न कार्यक्रम गर्दै जिल्लाका सबै स्थानीय तहमा ५८ औं राष्ट्रिय बाल दिवस २०७९ मनाइएको छ । तिलागुफा नगरपालिकाको कार्यालय गाल्जेमा नगरपालिका भित्रका ११ वटा मा.बि हरुको प्रतिनिधित्व हुने गरि वतृत्वकला प्रतियोगिता कार्यक्रम संचालन गरिएको नगरपालिका उपप्रमुख महेन्द्र बहादुर शाहीले बताउनु भयो ।
तिलागुफा नगरपालिका भित्रका बालबालिकाहरुको हकहितको सुनिश्चितताको निम्ति नगरपालिकाले छुट्टै ऐन निर्माण गर्ने नगर प्रमुख शंकर उपाध्यायले बताउनु भयो ।
त्यस्तै जिल्लाको शुभकालिका, नरहरिनाथ, सान्नीत्रिवेणी, रास्कोट, पचालझरना र पलाँतामा समेत बिभिन्न कार्यक्रम गरि बाल दिवस सम्पन्न गरिएका खबरहरु प्राप्त भएका छन् ।
I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article. https://accounts.binance.com/ur/register?ref=GJY4VW8W