मिति:- ५ जेष्ठ २०८१, शनिबार | समय:-
मुख्य खबरराजनीतिसमाचार

फराकिलो मतान्तरले लामिछाने विजयी

कालीकाेट- चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने फराकिलो मतान्तरले विजयी हुनुभएको छ । उहाँले गएको मंसिर ४ गते भएको चुनावमा उहाँले ४९ हजार ३ सय मत ल्याएर विजयी हुनुभएको थियो ।

अहिले ५४ हजार १ सय ७६ मत पाउनु भएको छ । यसपालीको उपनिर्वाचनमा मंसिरमा पाएको सर्वाधिक मतको पनि लामिछानेले रेकर्ड ब्रेक गर्नु भएको छ । उपचुनावमा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २ सय ५१ मत ल्याउनु भएको छ । यस्तै, एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३५ ल्याउनु भयो ।

यसअघि यही क्षेत्रबा विजयी रवि लामिछानेको नागरिकता विवादमा पद गुमेसँगै उपचुनाव भएको हो । सर्वोच्च अदालतको आदेशअनुसार पद गए पनि आफ्नो नागरिकता जिल्ला प्रशासन कार्यालयबाट कायम गराएर लामिछानेले फेरि चुनावी प्रतिस्पर्धा गर्नुभएको हो ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please, off your Ad Blocker