कालीकोट– आजको युवा, वातावरण संरक्षण,उद्यमशिलता र सम्बृद्धीको सुनिश्चितता भन्ने मुलनाराका साथ कालीकोटमा बृहत युवा भेला सम्पन्न भएको छ । भेलाले लालपुरा शाहीको अध्यक्षतामा १३ सदस्यीय दिगो विकासका लागि जिल्ला युवा संजाल गठन गर्दै ११ बुँदे कालीकोट घोषणा पत्र जारी गरेको छ ।
उपाध्यक्षमा मनबुजा परियार, सचिव बिनोद अधिकारी,सहसचिव दिपा टमटा, कोषाध्यक्ष बिद्या पाण्डे र सदस्यहरुमा रबिन्द्र रोकाया, कोपिला शाही, सपना शाही, देविसरा विक, सुमत विक,भावना पाण्डे,रोनीज शाही, स्वस्तीका महतारा रहेका छन् । चैत्र १३ र १४ गते भएको कालीकोटमा भएको भेलाले युथ भिजन २०२५ मा उल्लेख भएको ५ खम्बे रणनीति पुरा गर्न ११ बुँदे घोषणा पत्र जारी गरेको हो । भेलामा हुम्ला, मुगु र कालीकोटका युवाहरु सहभागी भएका थिए ।