मिति:- ४ जेष्ठ २०८१, शुक्रबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरराष्ट्रियसमाचारसुचना प्रबिधी

कोटवाडा राष्ट्रिय प्रशारण लाइनमा जोडियो

कालीकोट– नरहरीनाथ गाउँपालिका वडा १ कोटवाडा सोमबारबाट राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । कोटवाडामा पहिलो पटक बिद्युत पुगेपछि स्थानीय नागरिक खुशी देखिएका छन् । ठेक्कादार, स्थानीय सरकार र नेपाल बिद्युत प्राधिकरण कालीकोट वितरण केन्द्रका कर्मचारीको पहलमा कोटवाडा राष्ट्रिय प्रशारण लाइनमा जोडिएको गाउँपालिका अध्यक्ष नगेन्द्र बिष्टले बताउनु भयो ।

बिद्युत सेवा नपुगेका कालीकोट जिल्लाका अन्य स्थानीयतहमा बिद्युत सेवा पुगाउन ठेक्कादारलाइ ताकेता गरिसकिएको कालीकोट वितरण केन्द्र प्रमुख ईन्जिनियर विमल शाहले बताउनु भयो । कोटवाडाका अन्य वडामा अहिले बिद्युतीय संरचना निर्माणको काम भइरहेकाले केहि महिनामै सबैवडाहरुमा बिद्युत सेवा सूचारु हुने वितरण केन्द्र मर्मत शाखा प्रमुख जयप्रसाद पाण्डेले बताए । भौगोलिक विकटताका कारण यहाँ बिद्युत सेवा मर्मत सम्भार गर्न निकै कठिनाइ हुने गरेको छ ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please, off your Ad Blocker