मिति:- ५ जेष्ठ २०८१, शनिबार | समय:-
ज्ञानविज्ञानसुचना प्रबिधीसूचना तथा बिज्ञापन

फेसबुकमा केही प्रयोगकर्ताको नाममा किन देखाउँछ ‘फेसबुक युजर’ ?

काठमाडौं । के तपाईँले मेसेन्जर च्याट लिस्टमा केही प्रयोगकर्ताको नामको ठाउँमा फेसबुक युजर लेखेको याद गर्नु भएको छ ? यदि तपाईँले मेसेन्जर च्याट लिस्ट स्क्रोल गर्दै जानुभयो भने त्यस्ता फेसबुक युजरनेम नाम भएका र प्रोफाइल खाली भएका बढी प्रयोगकर्ता देख्न सक्नुहुन्छ ।

त्यस्तै फेसबुक मेसेन्जर ग्रुपमा पनि फेसबुक युजर लेखिएका थुप्रै प्रयोगकर्ता देख्न सकिन्छ । कहिलेकाँही सधैं कुराकानी हुने साथीलाई मेसेज गर्न खोज्दा पनि ‘फेसबुक युजर’ भनेर देख्न सकिन्छ ।

यस्तो देख्दा सबैभन्दा सुरुमा त सो साथीले आफूलाई ब्लक गरेको हो कि भन्ने सोच आउन सक्छ । तर यसका विभिन्न कारणहरू हुनसक्छन् ।

यदि तपाईँको फेसबुकमा साथी भएको व्यक्ति वा मेसेज गर्ने व्यक्तिले आफ्नो अकाउन्ट डिलिट वा डिएक्टिभेट गरेको छ भने उसको नामको ठाउँमा ‘फेसबुक युजर’ भने् देखाउँछ ।

कतिपय अवस्थामा फेसबुक डिसेबल पनि हुने गर्दछ । यदि उक्त अकाउन्ट इनेबल भएको छैन र लामोसमय देखि कसैले प्रयोग गरेको छैन भने पनि प्रयोगकर्ताको नामको ठाउँमा ‘फेसबुक युजर’ लेखिएको देख्न सकिन्छ ।

त्यस्ता प्रयोगकर्ता को हुन् भन्ने कुरा पुराना मेसेज हेरेर अनुमान लगाउन सकिन्छ ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please, off your Ad Blocker