कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय
भेडीगोठमा आगलागी हुँदा ६० भेडा जलेर नष्ट

कालीकोट : तिलागुफा नगरपालिका-१० को सेरिमा रहेकाे भेडीगोठमा बुधबार राती आगलागी हुँदा ६० भेडा जलेर नष्ट भएका छन् । गाेठालाले खाना पकाएर खाएपछि ढाकछाेप गरेकाे आगाे राती ११ बजेतिर सल्किँदा आगलागी भएको तिलागुफा नगरपालिका उपप्रमुख महेन्द्र बहादुर शाहीले बताउनु भयाे।
चिसो मौसम भएकाले गाेठालाले गोठको कुनामा आगो बालेर खाना पकाउने र सोही आगो ननिभाई सुत्दा आगलागी भएको हो। राति सबै सुतेको बेला आगलागी हुँदा गोठमा रहेको अन्य सम्पूर्ण सामान समेत जलेर खरानी भएको छ। आगो नियन्त्रण गर्न नसकेकाले कुनै पनि बस्तुभाउ जोगाउन सकिएन। तत्काल पीडित परिवारलाई नगरसरकारको तर्फबाट राहत उपलब्ध गराउँने तयारी भइरहेकाे शाहीले बताए ।