कालीकाेटमा भूमी समस्या समाधान आयाेगकाे कार्यालय उद्घाटन

कालीकाेट- भूमी समस्या समाधान आयाेग जिल्ला समिति कालीकाेटकाे कार्यालय बिहिबार उद्घाटन भएकाे छ । जिल्ला समन्वय समितिकाे कार्यालयमा कार्यालय रहने गरी चार सदस्यीय समिति गठन भएकाे नापी कार्यालय कालीकाेटका सूचना अधिकारी पुनम बिश्वकर्माले बताउनु भयाे । कार्यालय उद्घाटन कार्यक्रमकाे अध्यक्षता भूमी समस्या समाधान आयाेग जिल्ला समिति कालीकाेटका अध्यक्ष बिष्णु बहादुर शाहीले गर्नु भएकाे थियाे ।
कार्यक्रमकाे प्रमुख अथिति जिल्ला समन्वय समिति प्रमुख धनजित बहादुर शाही र बिशेष अथिति प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइ रहनु भएकाे थियाे । आयाेगकाे सदस्य सचिवमा नापी कार्यालय कालीकाेटका कार्यालय प्रमुख रामचन्द्र अधिकारी रहने ब्यवस्था छ । आयाेगकाे पदेन सदस्यमा जिल्ला प्रशासन कार्यालयका अधिकृत स्तरका कर्मचारी, मालपाेत कार्यालय, समन्वय अधिकारी र डिभिजन वन कार्यालय रहने ब्यवस्था छ । कार्यक्रममा राजनीतिक दल, नागरिक समाज, पत्रकार लगायतकाे सहभागीता रहेकाे जनाइएकाे छ ।