मिति:- २८ फाल्गुन २०८१, बुधबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

नरहरिनाथमा मिनि ट्रक दुर्घटना एककाे मृत्यु

कालीकोट- नरहरिनाथ गाउँपालिका-८ लालु गाउँबाट फर्किने क्रममा बिहीबार राति कर्णाली प्रदेश ००१ क ०८२० नम्बरको मिनी ट्रक हलेसे भीरमा दुर्घटना हुँदा एक जना व्यवसायीको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा नरहरिनाथ-५ रुप्सा घर भइ स्थानीय खुलालु बजारमा ब्यवसाय गदै आएका गाडी साहु ४५ वर्षीय गंग देउवा हरेकाे जिल्ला प्रहरी प्रमुख डीएसपी टेक बहादुर रावतले बताउनु भयाे ।

लालु गाउँबाट मकै र भटमास खरिद गरेर स्थानीय बजार खुलालु हुँदै सुर्खेत फर्किने क्रममा ओरालोमा मिनी ट्रक दुर्घटना भएको हाे । राति भएको दुर्घटनामा घाइते देउवालाई प्रहरीले भीरबाट निकालेर उपचारको लागि जिल्ला अस्पताल मान्म ल्याउदै गर्दा बाटोमै मृत्यु भएको डीएसपी रावतले बताए। दुर्घटना भएकाे गाडी सडकबाट २ सय ५० मिटर तल खसेको छ ।

पलाता ८ घर भएका चालक हाम फालेर बच्न सफल भएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । २० वर्ष देखि नरहरिनाथ ८ खुलालु बजारमा खाद्य, खुद्रा तथा कपडाको व्यापार गर्दै आएका गाडी साहु देउवा पछिल्लो समयमा गाउँबाट अन्न खरीद गरेर सुर्खेत लगायतका ठाउँमा बेच्ने काम गर्दै आएका थिए।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker