मिति:- १२ श्रावण २०८१, शनिबार | समय:-
ताजाखबरमुख्य खबरशिक्षासमाचारस्थानीय

करदाता शिक्षा कार्यक्रम सम्पन्न

कालीकोट– आन्तरिक राजश्व कार्यालय जुम्लाको आयोजनामा कालीकोट सदरमुकाम मान्ममा करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ । उद्योग बाणिज्य संघ कालीकोट र हिमचुली कृषि सहकारी संस्था लिमिटेड संगको समन्वयमा करदाता शिक्षा अन्तरक्रिया कार्यक्रम गरिएको हो । जुम्ला, मुगु र कालीकोट कार्यक्षेत्र रहेको आन्तरिक राजश्व कार्यालय जुम्लाले लक्ष्यको ६० प्रतीशत राजश्य संकलन गरेको आन्तरिक राजश्व कार्यालय जुम्लाका कार्यालय प्रमुख सुव प्रसाद रिजालले बताउनु भयो । ब्यवसाय करको मुख्य स्रोत भएकाले समयमै राज्यलाई तिर्नु पर्ने सबै प्रकारका कर दाखिला गरिदिन ब्यापारीहरुलाई अनुरोध गर्नु भयो ।

कर सम्बन्धी अन्तक्रिया तथा करदाता शिक्षा कार्यक्रमको अध्यक्षता उद्योग बाणिज्य संघ कालीकोटका अध्यक्ष रतन बहादुर शाही, प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गणेश नेपाली, बिषेश अतिथि सुव प्रसाद रिजाल, अतिथि कर अधिकृत मनिशा कार्की लगायतको सहभागीता रहेको थियो । कार्यक्रमका सहभागीहरुले ब्यापार ब्यवसाय अभिबृद्धीका लागि सरकारले बिषेश कार्यक्रम संचालन गर्नु पर्ने, आर्थिक संकट भएकाले समयमा कर छुट गरिनु पर्ने, राज्यले लिने गरेको कर सदुपयोग गर्नु पर्ने, कर भुक्तानी प्रणाली सजिलो बनाउनु पर्ने लगायतका मागहरु राखेको थिए ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button