मिति:- ५ जेष्ठ २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

सुत्केरीकाे ज्यान बचाउन, शुभकालीकामा हेलिप्याड निर्माण

कालीकाेट- जटिल अवस्थाका सुत्केरी महिला तथा विपद्मा परेका नागरिकको हवाई उद्धार गर्न नेपाली सेनाले कालीकोटको शुभकालिका-५ सुकाटियामा हेलिप्याड निर्माण गरेको छ । चालु आर्थिक वर्षको शीघ्र प्रभाव आयोजना अर्न्तगत विनियोजित १० लाख बजेट खर्च गरेर एक महिनाको अवधिमा सेनाले हेलिप्याड निर्माण गरेकाे हाे ।

भरपर्दो सडक यातायात नभएको शुभकालिका ४, ५ र ६ नं वडालाई पाएकपर्ने गरी हेलिप्याड निर्माण गरिएकाे छ । दैलेखकी संघीय सांसद सीता रानाको प्रमुख आतिथ्यतामा नेपाली सेनाले निर्माण गरेकाे हेलिप्याड शुक्रबार गाउँपालिकालाई हस्तान्त्रण गरिएको गुल्मपति सेनानी रन्जित कार्कीले बताउनु भयाे ।

एक महिनाको अवधिमा शमशेर गुल्म मान्मको जनशक्ति परिचालन गरेर हेलिप्याड निर्माण गरिएकाे हाे । हेलिप्याड निर्माणपछि जटिल अवस्थाका सुत्केरी, विपद्का घाइते लगायतको उद्धार गर्न सहज हुने शुभकालीका गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद आचार्यले बताउनु भयाे । सडकको अवस्था राम्रो नभएको शुभकालिकाबाट आकस्मिकरुपमा घाइते तथा विरामीको उद्धार गर्न हेलिप्याड उपयोगी हुने स्थानीले बताएका छन् ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button

Adblock Detected

Please, off your Ad Blocker