मिति:- १० श्रावण २०८१, बिहीबार | समय:-
कृर्षि तथा खेतीबालीताजाखबरमुख्य खबरसमाचारसमाजस्थानीय

कालीकोटको नरहरिनाथमा किसानलाई गोठालो भत्ता

कालीकोट–नरहरिनाथ गाउँपालिकाले पशुपालन गर्ने किसानलाई गोठालो भत्ता उपलब्ध गराउने भएको छ । चालु आर्थिक वर्षको स्वीकृत बजेट अनुसार ‘कृषकसँग उपाध्यक्ष कार्यक्रम’ मार्फत पशुपालक किसानलाई गोठालो भत्ता उपलब्ध गराउन लागिएको हो ।

गाउँपालिकाले पशुपालन बढाउन किसानलाई गोठालो भत्ता दिने व्यवस्था गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलले बताउनु भयो । गोठालो भत्ता कार्यविधिअनुसार चार वटा भैँसी वा ३० वटा बाख्रा वा ४० वटाभन्दा बढी भेडा व्यावसायिक रूपमा पालन गर्ने किसानलाई गोठालो भत्ता बापत मासिक रु एक हजार प्रदान गरिने पौड्लले जानकारीदिए ।

युवा तथा बेरोजगार कृषिकलाइ आकर्षित गर्न गाउँपालिकाले कृषकसँग उपाध्यक्ष कार्यक्रम ल्याएको गाउँपालिकाका प्रवक्ता प्रदीप बोहराले बताउनु भयो ।

घना वनजंगल भएको नरहरिनाथ गाउँपालिकामा पशुपालनको प्रचुर सम्भावना छ । यहाँ धेरै भैँसी तथा भेडाबाख्रा पालन गर्ने किसान छन् । उनीहरूलाई पशुपालनमा प्रोत्साहन गर्न गाउँपालिकाले गोठालो भत्ताको दिन थालेको हो ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button