मिति:- ५ जेष्ठ २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

हेलिकोप्टबाट सुत्केरीको उद्धार

कालीकाेट- सुत्केरी भएको १३ दिनपछि एक सुत्केरी महिलाको हवाई उद्धार गरिएकाे छ । सुत्केरी हुदा स्वास्थ्यमा जटिल अवस्था आएपछि सान्नीत्रिवेणी ४ बाट मान्म ल्याइएकी की २० वर्षीया लक्ष्मी शाहीलाई थप उपचारको लागि शुक्रवार दिउँसो नेपाली सेनाकाे हेलिकोप्टरबाट सुर्खेत पठाइएको डा. बन्दिता कार्कीले बताउनु भयाे । बैशाख ८ गते सुत्केरी भएकी शाहीको स्वास्थ्य अवस्थामा सुधार नआएपछि उपचारका लागि जिल्ला अस्पताल मान्म ल्याइएकाे थियाे । मान्ममा पनि सुधार नहुँदा सुर्खेत पठाइएको हो ।

शाहीको शरिरमा अक्सिजनको मात्रा न्यून भइ स्वास्थ्य अवस्था जटिल भएकाले हेलिकोप्टररबाट सुर्खेत लगिएको विरामीसँगै गएकी डा. रोशनी प्रजापतिले बताइन् । उनकाअनुसार विरामीको मुटुमा समस्या देखिएकाले सुर्खेत लगिएको हो । कालीकाेटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले राष्टपति महिला उत्थान कार्यक्रमलाई पत्राचार गरेर सुत्केरी महिलाको हवाई उद्धार गरिएको बताउनु भयाे।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button

Adblock Detected

Please, off your Ad Blocker