मिति:- १८ भाद्र २०८२, बुधबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरस्थानीय

पर्सामा हैजा : अझै नियन्त्रणमा आएन, दैनिक संक्रमित थपिँदै

पर्सा- हैजाको प्रकोप फैलिएको डेढ साता भए पनि पर्सामा संक्रमण रोकिएको छैन । दैनिक संक्रमितको संख्या थपिँदै गएकाे छ । जिल्लामा हाल संक्रमितको संख्या २ सय नजिक पुगेको छ ।

वीरगन्ज महानगरपालिकाको कार्यालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार महानगर क्षेत्रमा मात्रै हैजा संक्रमितको संख्या १ सय ७६ पुगेको छ । पोखरिया अस्पतालमा सम्पर्कमा आएका झाडापखालाका बिरामीमध्ये हैजा संक्रमितको संख्या १७ पुगिसकेको छ । वीरगन्ज र पोखरियामा गरी जिल्लामा संक्रमितको संख्या १ सय ९३ पुगेको छ ।

वीरगन्जस्थित विभिन्न अस्पतालमा मंगलबार बिहानसम्म ८ सय ९९ झाडापखाला तथा हैजाका बिरामी सम्पर्कमा आएका छन् । तीमध्ये २३ नयाँ बिरामी हुन् । ८ सय ९९ मध्ये ७ सय ९१ उपचारपछि घर फर्किसकेका छन् । वीरगन्जमा हैजा संक्रमित १ सय ७६ मध्ये १ सय ६२ उपचार पछि घर फर्किसकेका छन् । १४ संक्रमित अझै बिभिन्न अस्पतालमा उपचाररत छन् । हाल १ सय ८ जना झाडापखालका बिरामी वीरगन्जको विभिन्न अस्पतालमा उपचार गरिरहेका छन् ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Check Also
Close
Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker