कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाजस्थानीय
महाबै गाउँपालिकाले गर्यो, शहिद परिवारलाई सम्मान
कालिकोट- महावै गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा गाउँपालिका भित्रका शहिद तथा वेपत्ता घरपरिवारका २४ जनालाई दोसल्ला ओडाएर सम्मान गरेको छ । गाउँपालिकाको कार्यालय गैराखाडामा गरिएको कार्यक्रममा गाउँपालिका अध्यक्ष खेम बहादुर सिंहले शहिद तथा वेपत्ता घरपरिवारका २४ जनालाई दोसल्ला ओडाएर सम्मान गर्नु भएको हो ।
२९ औं जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा संघिय लोकतान्त्रीक गणतन्त्र स्थापना गर्न र शासन प्रणाली परिर्वतन गर्न उच्च बलिदान दिने योद्धाहरुको सम्मान गरिएको छ ।