कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचार
कालिकोटमा टाइफाइट बिरुद्धको खोप सुरु
कालिकोट– यहाँको पलाँता, नरहरीनाथ, महावै गाउँपालिका र तिलागुफा नगरपालिकामा बिहबार बाट टाइफाइट बिरुद्धको खोप लगाउन सुरु गरिएको छ । १६ बर्ष देखि ४५ बर्ष उमेर समुहका सबै नागरिकलाई खोप लागउने कार्यक्रम रहेको स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ । खोप कार्यक्रम तीन दिन सम्म चल्ने छ ।
यसै बिच स्वास्थ्य सेवा कार्यालय कालिकोटले शुक्रबार जिल्ला अस्पताल कालिकोटमा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला संगको समन्वयमा हाडजोर्नि, नसारोग र छालारोग बिशेषज्ञ चिकित्सक सहितको सेवा प्रदान गर्ने भएको छ । हाडजोर्नि, नसारोग र छालारोगको समस्या भएका सेवाग्राहीले सेवा लिनहुन समेत कार्यालयले अनुरोध गरेको छ ।