![](https://newsredpanda.com/wp-content/uploads/2023/11/Mahabai-Gaupalika-copy-780x470.jpg)
कालीकोट–जाजरकोट र रुकुम पश्चिम क्षेत्रका भुकम्प पीडितका लागि महाबै गाउँपालिकाले राहत स्वरुप दुई लाख रुपैया आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । गाउँपालिका अध्यक्ष खेमबहादुर सिहले बिहिबार प्रेस बक्तब्य जारी गर्दै राहत तथा पुर्ननिमार्ण अभियानमा सहयोग स्वरुप उक्त रकम आर्थिक सहयोग गरिने बताउनु भयो ।
गत शुक्रबार मध्यरातमा गएको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा १ सय ५३ जनाको मृत्यु भइसकेको छ भने साढे ३ सय जना घाइते छन् । दुई जिल्लामा गरी १७ हजार ७ सयभन्दा धेरै घरहरू पूर्णरुपमा क्षति भएका छन् ।
I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.