मिति:- २३ बैशाख २०८१, आईतवार | समय:-
गण्डकी प्रदेशताजाखबरमुख्य खबरशिक्षासुचना प्रबिधी

क्यान महासंघ र यूएसएडबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडाै‌- कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) र अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएड) बीच नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको इकोसिस्टम विकास गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

क्यान महासंघका अध्यक्ष रञ्जितकुमार पोद्दार र यूएसएडको ट्रेड एण्ड कम्पिटिटिभनेसकी प्रमुख एग्नेस लुजले समझदारी पत्रमा बुधबार हस्ताक्षर गर्नु भएकाे हाे ।

नेपालको आईसीटी इकोसिस्टमलाई प्रवर्द्धन गर्न र आर्थिक वृद्धिलाई बढवा दिन यो सहकार्यले महत्त्वपूर्ण सहयोग पुग्‍ने बताइएको छ ।  सीमान्तकृत समुदाय र अन्य सरोकारवाला पक्षहरूका लागि आईसीटी क्षेत्रमा अवसर सिर्जना गर्ने र आईटी तथा डिजिटल सेवाको प्रतिस्पर्धा बढाउने उद्देश्यले विभिन्न कार्यक्रम संयुक्त रूपमा सञ्चालन हुने समझदारी पत्रमा उल्लेख छ ।

साझेदारीपछि नेपालमा आईसीटी प्रतिभाका लागि उपयुक्त तालिमको व्यवस्था तथा इकोसिस्टम निर्माण गर्न आफूहरू प्रतिबद्ध रहेको क्यान महासंघका अध्यक्ष रञ्जित पोद्दारले बताउनु भयाे ।
नेपालको आईसीटी क्षेत्रलाई प्रवर्द्धन र सुदृढ गर्न अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएड) स‌गकाे सहकार्य महत्त्वपूर्ण हुने
क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताउनु भयाे ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Check Also
Close
Back to top button

Adblock Detected

Please, off your Ad Blocker