मिति:- ९ श्रावण २०८१, बुधबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

कर्णाली सरकारकाे भूकम्प प्रभावितलाई दुई करोड भन्दा बढी वित्तीय हस्तान्तरण

कालीकाेट– कर्णाली प्रदेश सरकारले भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानका १६ पालिकालाई दुई करोड ४५ लाख रुपैयाँ वित्तीय हस्तान्तरण गरेको छ ।

प्रदेश सरकारले जाजरकोटका भेरी र नलगाड नगरपालिका तथा बारेकोट गाउँपालिकालाई २५/२५ लाख, कुशे गाउँपालिकालाई २० लाख, छेडागाड नगरपालिकालाई १० लाख, जुनीचाँदे गाउँपालिकालाई  १० लाख र शिवालय गाउँपालिकालाई पाँच लाख रुपैयाँ हस्तान्तरण गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले बताउनु भयाे ।

त्यस्तै रुकुम पश्चिमको आठबीसकोट र सानीभेरी नगरपालिकालाई २५/२५ लाख, चौरजहारी नगरपालिका, त्रिवेणी गाउँपालिकालाई २०/२० लाख, मुसिकोट नगरपालिकालाई १० लाख र बाँफीकोट गाउँपालिकालाई पाँच लाख रुपैयाँ वित्तीय हस्तान्तरण गरिएको छ । जिसीका अनुसार सल्यानको दार्मा गाउँपालिकालाई १५ लाख तथा बागचौर र बनगाड कुपिण्डे नगरपालिकालाई पाँच–पाँच लाख रुपैयाँ हस्तान्तरण गरिएको छ ।

भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानमा राहत सामग्री खरिद, वितरण र उद्धार प्रयोजनका लागि स्थानीय तहलाई उक्त रकम उपलब्ध गराइएको मन्त्री जिसीले बताउनुभयो ।

कात्तिक १७ गते राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशलमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा ठूलो धनजनको क्षति भएको छ ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button