मिति:- ८ श्रावण २०८१, मंगलवार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारसमाजस्थानीय

स्थानीय पाठ्यक्रम प्रबोधिकरण

कालीकोट– यहाँको महाबै गाउँपालिकाले स्थानीय पाठ्यक्रम प्रबोधिकरण गरेको छ । हाम्रो महाबै हाम्रो गौरव नामक स्थानीय पाठ्यक्रम प्रबोधिकरण गरिएको हिमालय माविका प्रधानाध्यापक टक्क बहादुर सिहले बताउनु भयो ।

महाबै गाउँपालिका अध्यक्ष खेम बहादुर सिंहकोे प्रमुखआतित्थ्यतामा स्थानीय पाठ्यक्रम प्रबोधिकरण गरिएको हो । कक्षा ८ मा उत्कृष्ट नम्बर ल्याउने छात्रा बिनीता मल्ललाई गाउँपालिकाले पुरुस्कृत गरेको छ ।

तिला नमुना मा वि गैरखाडामा आयोजना गरिएको उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दानसिंह सेजुवाल, प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिह स्थानीय तहका जनप्रतिनिधि, शिक्षक, कर्मचारी, बुद्धिजीवि लगायत अन्य स्थानीयको सहभागीता रहेको थियो । स्थानीय चालचलन, भेषभुषा, रितीरिवाज, स्थानीय बस्तुको खेती जस्ता बिषयहरु समेटेर पुस्तक निर्माण गरिएको छ ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button