सिसि क्यामरा जडान गर्न सबै स्थानीयतहलाई पत्र

कालीकोट– जिल्ला प्रशासन कार्यालय कालीकोटले सिसि क्यामरा जडान गर्न स्थानीयतहलाई पत्रचार गरेको छ । स्थानीय बजार क्षेत्रमा हुने गैह् कानूनी कार्य नियन्त्रण गर्न र शान्ती सुरक्षामा सहयोग पुर्याउन आव २०८०/०८१ को बजेट नीति तथा कार्यक्रममा ब्यवस्था गर्न पत्रचार गरिएको कालीकोटका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताउनु भयो ।
पलाँताको बार्खेबजार,गैरा पचालझरनाको जारकोट, पणेक्षा, रास्कोट नगरपालिकाको आरसिपि बजार, सान्नीत्रीवेणीको मेहलमुडी बजारक्षेत्र, नरहरीनाथको कुमालगाउँ बजार क्षेत्र, शुभकालीकाको सुकाटीया बजार क्षेत्र, महाबैको पाद्मगाड बजार क्षेत्र, तिलागुफा नगरपालिकाको नाग्म र गाल्जे बजार खाँडाचक्र नगरपालिकाको मान्म स्थानीयको हाट बजार हो ।
अघिल्लो आ.व को तुलनामा यो आ.व.मा चोरीका घटना बढ्दै गएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी सुबराज बलमे बताउनु भयो । यो आ.व को असाढ देखि हाल सम्म चोरीका ११ वटा निवेदन परेका छन् । सिसि क्यामरा जडान तथा संचालन कार्यबिधि २०७२ अनुसार स्थानीय तहलाई स्थानीयतहलाई पत्रचार गरिएको प्रमुख जिल्ला अधिकारी माझीले बताउनु भयो ।
यसै बिच खाँडाचक्र नगरपालिकाले दुई बर्ष अघि करिव ८० लाखको लगानीमा बजार क्षेत्रमा राखिएका शौर्य बत्ती तथा सिसि क्यामराले महिना दिन नचलेर बिग्रिएका छन् । खाँडाचक्र नगरपालिका लाई बारम्बार क्यामरा जडानका लागि अनुरोध गरिए पनि सुनुवाइ भएको छैन ।
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino activities.
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino.