मिति:- ११ श्रावण २०८१, शुक्रबार | समय:-
ताजाखबरमुख्य खबरसमाचार

तनहुँ १ मा स्वर्णिम वाग्लेको बिजयी

कालीकोट‍‍‍– तनहुँ १ मा भएको उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेको बिजयी भएका छन् । उहाँ प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईभन्दा १४ हजार ७ सय ९७ मतले पछि पार्दै बिजयी हुनु भएको हो । वाग्लेले ३४ हजार ९ सय १९ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।

भट्टराईले २० हजार १ सय २२ मत ल्याउनुभएको छ । त्यस्तै नेकपा एमालेका सवेन्द्र खनालले ८ हजार ४ सय ८८ मत प्राप्त गर्नुभएको छ । तनहुँ १ मा १ लाख २३ हजार ३ सय ५ मतदाता रहेकोमा ६५ हजार २ सय ९२ मत खसेको थियो ।

गएको मंसिरमा भएको प्रतिनिधि सभा सदस्य चुनावमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल २५ हजार ३ सय ६१ मत ल्याएर विजयी हुनुभएको थियो । उहाँ राष्ट्रपति भएपछि तनहुँ–१ मा उपचुनाव भएको हो ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button