मिति:- ११ श्रावण २०८१, शुक्रबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

कालीकोटमा करदाता शिक्षा कार्यक्रम सम्पन्न

कालीकोट– आन्तरिक राजश्व कार्यालय जुम्लाको आयोजनामा कालीकोटको सदरमुकाम मान्ममा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कालीकोट उद्योग बाणिज्य संघ संगको समन्वयमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा दरका दाहेरा, कर छुट, सिसम्याज, कर विजक जारी गर्नु पर्ने लगायतका बिषयमा छलफल भएको उद्योग बाणिज्य कालीकोटका अध्यक्ष रतन बहादुर शाहीले बताउनु भयो ।

कार्यक्रममा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय प्रमुख हरिस नेपाली, आन्तरिक राजश्व कार्यालय जुम्लाका कर अधिकृत खेमराज उपाध्याय,ब्यापारी र उद्योग बाणिज्य संघ कालीकोटका प्रतिनिधिको सहभागीता रहेको थियो । सहभागीहरुले सरकारी कार्यालयले टिडिएस काटेको पैसा जम्मा नगरि दिने, ठुलो बिक्रेताहरुले समयमै कन्फरमेसन लेटर नपठाउने र कालीकोटबाट जुम्ला जाँदा ब्यापारीहरुले नेट नचलेका कारण धेरै समय कुर्नु पर्ने भएकाले घुम्तीसेवा मार्फत कालीकोटमै आन्तरिक राजश्व कार्यालयले सेवा प्रवाहको प्रबन्ध मिलाउन अनुरोध गरेको थिए ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button