मिति:- १० श्रावण २०८१, बिहीबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाजस्थानीय

महाबैका गाउँ–गाउँमा घोडेटो बाटो

कालीकोट– महाबै गाउँपालिकाले एक गाउँबाट अर्को गाउँ सम्म पुग्नका लागि पक्की घोडेटो बाटो निर्माण गरेको छ । महाबै गाउँपालिकाको ओदा, नकुगाउँ र औलगेला जोड्ने गरी पक्की घोडेटो बाटो निर्माण गरेको गाउँपालिका अध्यक्ष खेमबहादुर सिहले बताउनु भयो । महाबै गाउँपालिकाको पहिलो प्राथमिकता अनुसार पिसिसि घोडेटो बाटो निर्माण गरिएको वडा नं. ३ का अध्यक्ष पदम बहादुर सिहले बताउनु भयो ।

प्रधानमन्त्री रोजगार, मुख्यमन्त्री रोजगार र पालीकाको अनुदानमा गरी करिव १ करोडको लागतमा पिसिसि बाटो निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिहले बताउनु भयो । गाउँमा पिसिसिबाटो निर्माण सुरु भएपछि स्थानीय खुशी भएका छन् । बाटो निर्माणले गाउँको स्वरुपनै फेरिदिएको स्थानीयको भनाइ छ । बर्षामा हुने हिलाम्मे बाटोले दिक्क भएका स्थानीय नागरिक र स्कुले बिद्यार्थिका लागि धेरै सहज हुने भएको छ ।

 

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button