मिति:- ८ श्रावण २०८१, मंगलवार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचार

कर्णालीका मुख्यमन्त्री शर्माकाे पदभार ग्रहण

सुर्खेत— कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले पदभार ग्रहण गरेका छन् । मुख्यमन्त्री शर्माले सुर्खेतको वीरेन्द्रनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगी बिहीबार पदबहाली गरेका हुन् । शर्माले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बिहीबार नै प्रदेश प्रमुख तिलक परियारसमक्ष पद तथा गोपनियताको शपथ लिएका थिए ।

शर्माले आजै आफ्नो मन्त्रिपरिषद्‌मा दुई मन्त्री नियुक्त गरेका छन् । नेकपा माओवादी केन्द्रबाट मुगुका मंगलबहादुर शाही र नेकपा एमालेबाट दैलेखका विनोदकुमार शाह बिनाविभागीय मन्त्री बनेका हुन् । शाही र शाहलाई मुख्यमन्त्री शर्मासँगै प्रदेश प्रमुख परियारले पद तथा गोपनियताको शपथग्रहण गराएका हुन् ।

माओवादी केन्द्रका शाही मुगु प्रदेशसभा (२) बाट र एमालेका शाह दैलेख निर्वाचन क्षेत्र २ प्रदेशभा (२) बाट निर्वाचित हुन् ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button