माघ २४ देखि हुने क्यान इन्फोटेक मेलाका लागि प्रायोजक र स्टल बुकिङ खुला

काठमाडौं । कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा आउँदो माघ २४ देखि माघ २९ गतेसम्म राजधानीमा बृहत् सूचना प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक २०२३’ मेला हुने भएको छ । भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुने २८औं संस्करणको क्यान इन्फोटेकमा कुल १८० स्टल हुनेछन् ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक नीति, रणनीति तथा कानूनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले वर्षेनि क्यान इन्फोटेक आयोजना हुँदै आएको छ । क्यान इन्फोटेकको २८ औं संस्करणको मितिसंगै यसको शीर्ष प्रायोजन, सहप्रायोजन, प्लाटिनम, डायमण्ड, गोल्ड र सिल्भर प्रायोजनका साथै अन्य प्रायोजन तथा साझेदारीका निम्ति प्रस्ताव खुला समेत गरिएको छ ।
सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहने छ । प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।यो प्रदर्शनी सूचना प्रविधि सम्बन्धी चासो राख्नेहरुका लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने विषेश थलो हुने विश्वास गरिएको छ । क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिनेछ ।
क्यान इन्फोटेकमा अवलोकनर्ताले देश-विदेशका सफ्टवेयर, नेटवर्किङ तथा क्लाउड सोलुसन, मोबाइल फोन तथा सोलुसन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स र सेक्युरिटी सोलुसन पाउनसक्ने छन् । साथै ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सीसीटिभी र हार्ड डिस्क पनि मेलामा उपलब्ध हुनेछन् ।
यसैगरी आईओटी, ब्लक चेन, आर्टिफिसियल इन्टेलिजेन्स, वैकल्पिक ऊर्जा प्रविधिको जानकारी जानकारी, आईटी कलेज, बैंक, बीमा तथा लेखा सम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल आदि प्रदर्शनीमा रहनेछन् ।
प्रदर्शनीमा राखिने नवीनतम प्रविधि, स्टार्टअप, इनाेभेसन तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने विश्वास लिइएको छ ।
क्यान महासंघले क्यान इन्फोटेक २०२३ का लागि आवश्यक पर्ने स्टल तथा ह्याङ्गर निर्माण र विद्युत आपूर्ति, सुरक्षा गार्ड, स्टेसनरी, छपाई लगायतका प्रस्तावहरु समेत आह्वान गरेको छ ।
Наставник сказал: «Лишь тот, кто наделен человеколюбием, может должным образом и любить людей, и ненавидеть их. Тот, чья воля устремлена на человеколюбие, не творит зла». https://rozario-agro.citaty-tsitaty.ru
Вербальные поверхностные структуры запускают и отражают глубинные структуры. Настройтесь на одинаковое давление и энергию между ладонями, ощущая увеличение связи. Пирамида Дилтса-Короткова (модель логических уровней)
Полевое сознание позволяет увидеть более глубокую структуру ситуации. В НЛП существуют две точки зрения на восприятие времени: «во времени» и «сквозь время». Пирамида логических уровней 2.0 Короткова.
https://t.me/s/Casino_1win_1win_1win
Сайт с психологами. Голосовой анонимный чат. Получить онлайн консультацию психолога чате.
Психотерапевт Оренбург. Психотерапевт Оренбург. 755 оценок
В17 психология. Кпт курган. 237 оценок
Психотерапевты Самара. Психотерапевт Киров. 918 оценок
Кпт курган. Психотерапевт Белгород. 580 оценок
Психотерапевты Самара. Психотерапевт Белгород. 481 оценок
https://t.me/Martin_Casino_TG/732
Психотерапевт Пенза. batmanapollo.ru 765 оценок
Психотерапевты Самара. batmanapollo.ru 419 оценок
На прием Клинцы. Психолог 316 797 оценок
Кпт курган. professorkorotkov.ru 743 оценок
Сервис по подбору психолога chat-s-psikhologom-v-telegramme.ru 841 оценок
Very descriptive post, I liked that bit. Will there be
a part 2?
Психотерапевт Белгород. chat-s-psikhologom-v-telegramme.ru 473 оценок
На прием Клинцы. Психотерапевт онлайн 805 оценок
Психотерапевт Пенза. Психиатр онлайн 904 оценок