मिति:- ११ श्रावण २०८१, शुक्रबार | समय:-
ताजाखबरमुख्य खबरसमाचारस्थानीय

सिमकोट र रारामा पर्यटकीय गतिविधि बढ्दै

कालिकोट–कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा र हुम्लाको सिमकोटमा पर्यटकीय गतिविधि बढ्दै गएका छन् । मानसरोवर–कैलाश तीर्थयात्राका लागि भारतीय र अफ्रेकी पर्यटक सिमकोट आएका छन् भने रारा घुम्न आउने पर्यटकको संख्या बढिरहेको छ । ३ वर्ष कोरोना महामारीका कारण सुनसान बनेको रारा र सिमकोटमा अहिले चहलपहल बढ्न थालेको छ । रारामा अहिले दैनिक ५० जनासम्म पर्यटक रारा घुम्न आउने गरेको रारा राष्ट्रिय निकुन्जका संरक्षण अधिकृत बद्रीविनोद दाहालले बताए । दाहालका अनुसार भदौमा १० जना विदेशी पर्यटक रारा आएका छन् । भदौदेखि मंसिर सम्मको समय रारा घुम्न आउने उपयुक्त मौसम हो । कोरोना महामारीका कारण थला परेको पर्यटन व्यवसाय बिस्तारै तंग्रिन थालेको स्थानीय नरेश बहादुर शाहीले बताए । शाहीका अनुसार पर्यटक बढ्न थालेपछि होटेल व्यवसायी, घोडा व्यवसायी, ढुंगाचालक र भरियाहरू व्यस्त बन्न थालेका छन् । रारा क्षेत्रमा पर्यटकलाई आसपासका गाउँमा घुमाउन झन्डै १ सय ५० घोडाहरू तयारी अवस्थामा राखिएका छन् ।

 

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button