मिति:- ९ मंसिर २०८१, आईतवार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाजस्थानीय

शिक्षकको तलबमै सकिन्छ दिवाखाजाको रकम

कालिकोट  कालीकोटका २ सय ९४ वटा विद्यालयमा दिवाखाजाका लागि जाने बजेट शिक्षकको तलब भुक्तानीमै सकिने गरेको छ । कालीकोटमा एक सय विद्यालय शून्य दरबन्दीका छन् । एउटै दरबन्दी भएका विद्यालयमा निजी स्रोतका शिक्षक राख्नुपर्ने बाध्यताले दिवाखाजाको रकमले शिक्षकलाई तलवमा भुक्तानी गर्नु परेको छ । कालीकोटका ९ वटै स्थानीय तहका दिवा खाजामा एकरूपता छैन ।

अधिकांश विद्यालयले निजी स्रोतका शिक्षकको तलबमा खर्च गर्ने गरेका छन् भने दरबन्दी भएका विद्यालयले पनि नियमित खाजा खुवाउने गरेका छैनन् । कतिपयले भने नगद नै वितरण गर्ने गरेका छन् । सरकारले दलित छात्रवृत्ति, छात्रा छात्रवृत्ति, दिवा खाजाबापत बालबालिकाले प्रत्यक्ष पाउने रकम विद्यालय पठाउँछ । विद्यालयले दरबन्दी पूर्ति नभएको भन्दै पाठ्यपुस्तक र दिवा खाजाको रकम निजी स्रोतका शिक्षक पालनका लागि खर्च गरिरहेको छ ।

कालीकोटमा बर्सेनि झन्डै १५ करोड रुपैयाँ दिवा खाजाका लागि आउने गरेको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख चन्द्रप्रसाद अधिकारीको बताउनु भयो । अधिकांश विद्यालयले दिवा खाजाको रकम शिक्षकको तलबमा खर्च गरिरहेको उनले बताए ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please, off your Ad Blocker