मिति:- ८ श्रावण २०८१, मंगलवार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

सदगुरु कैलास मानसरोवर दर्शन गर्न हुम्ला पुगे

कालिकोट — भारतीय सदगुरु जग्गीबासुदेव कैलास मानसरोवर दर्शन गर्न हुम्ला पुगेका छन् । हुम्लाको लाप्चाबाट मानसरोवर कैलाश दर्शन गर्न सदगुरु पोखराबाट शुक्ररबार सिमकोट पुगेका हुन् । कैलाशमान सरोवर दर्शन गर्न विभिन्न देशका करिव १ हजार भन्दा बढी नागरिक हुम्ला पुगिसकेको हुम्लाका प्रमुख जिल्ला अधिकारी सीता परियारले बताउनु भयो । पवित्र तीर्थस्थलका रुपमा परिचित कैलाश मानसरोवरमा सदगुरु तेस्रो पटक हुम्ला पुगेको पर्यटन व्यवसायी विजय लामाले बताए । सदगुरुको कैलाश भ्रमण सँगै हुम्लामा पर्यटकहरुको घुइँचो लागेको छ । सदगुरुका लागि सुरक्षा ब्यवस्था कडा व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी सिता परियारले बताउनु भयो ।

मनिराज पाण्डे

पत्रकार मनिराज पाण्डे कालीकोटमा बसेर लामो समय देखि सूचना, संचार, प्रविधि र विकासका बिषयमा समाचार लेख्नु हुन्छ ।

Related Articles

Back to top button