कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचार
मुगु सदरमुकाममा आगलागी, ६ घर जले

मुगु– गएराती आगलागी हुँदा मुगु सदरमुकाम गमगडीमा ६ घर जलेर नष्ट भएका छन् । बिजुल्लीको तार सट भएर आगो लागेको हुन सक्ने प्रहरीको अनुमान छ । सदरमुकामको एक कम्प्युटर पसलबाट राती १ः४० बजे सुरु भएको आगो ४ बजे प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी बिरेन्द्र थापाले बताउनु भयो । ६ घरमा रहेका ९ भन्दा बढी पसलहरुमा क्षेती भएको छ । क्षेतीको विवरण प्रहरी संकलन गरिरहेको छ । कपडा पसल, मोवाइल तथा कम्प्युटर पसल, ग्यास डिपो, खाद्यान्न तथा खुद्रा पसलहरु आगलागि भएको बताइएको छ । आगलागी भएपछि ६ घरका ७ परिवार र टहरामा ब्यवसाय गरि बस्ने सहित ८ घरपरिवारको उठिबास भएको छ ।
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?