मिति:- १० श्रावण २०८१, बिहीबार | समय:-
मुख्य खबरसुचना प्रबिधी

राँचुलीमा सौर्य मिनिग्रीडको काम अन्तीम चरणमा

कालिकोटकाे राँचुलीमा सौर्य मिनिग्रीडको काम अन्तीम चरणमा पुगेको छ । तिलागुफा नगरपालिकाका सबै घरधुरीमा बत्ती बाल्ने गरी सुरु गरिएको सौर्य मिनिग्रीडको काम अन्तीम चरणमा पुगेको नेकपा माओबादी केन्द्रका नेता कमल बहादुर शाहीले बताउनु भयो ।

अर्थ मन्त्रालयको ६ करोड ३० लाख र तीलागुफा नगरपालिकाको ७० लाख गरी कुल ७ करोडको लागतमा बन्न लागेको सौर्य मिनिग्रीड तिहार अघि संचालनमा आउने उहाँले बताउनु भयो । पहिलो पटक ४ सय घरधुरीमा बत्ती बालिने छ । बैकल्पीक उर्चा प्रर्वद्धन केन्द्रको प्राबिधिक सहयोगमा घाम पावर कम्पनी काठमाडौले यो कार्य सम्पन्न गर्ने छ ।

सराेज अधिकारी

सरकारी सेवामा कार्यरत सरोज अधिकारी पर्यटन र साहित्यमा रुचि राख्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button