कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचार
विपद् व्यवस्थापन कोषका लागि ७ करोड बढी रकम कर्णाली प्रदेश सरकारले उपलब्ध गराउने

कालीकाेट– मंगलबार बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले ५ वटा निर्णय गरेको छ । बैठकले प्रदेश विपद् व्यवस्थापन कोषको लागि ७ करोड ९२ लाख ४० हजार रकम आर्थिक मामिला तथा योजना मन्त्रालयबाट उपलब्ध गराउने निर्णय गरेको छ ।
सरकारले मनसुन तथा आगलागीजन्य विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि तयार गरिएका कार्यविधि अनुसार कर्णाली प्रदेश सरकारको ३० प्रतिशत लागत साझेदारीको रकम प्रदेश विपद् व्यवस्थापन कोषबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराउने निर्णय गरेको छ ।
कर्णाली प्रदेशका कालीकोट, जुम्ला, रूकुमपश्चिम, सल्यान, जाजरकोट र मुगु जिल्ला प्रशासन कार्यालयले यस अघि रकम माग गरेको आधारमा जिल्ला विपद् व्यवस्थापन कोषमा माथि उल्लेखित रकम जाने भएकाे छ ।