मिति:- १८ जेष्ठ २०८२, शनिबार | समय:-
ताजाखबरमुख्य खबरराष्ट्रियसमाचार

सेवानिवृत्त प्रहरी अतिरिक्त महानिरीक्षक आचार्यको बिदाइ

काठमाडाैं- प्रहरी महानिरीक्षक दिपक थापाले प्रहरी सेवाबाट सेवा निवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक लालमणी आचार्यलाई आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बिच बिदाइ गर्नुभएको छ ।
बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले सेवा निवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक आचार्यले संगठनबाट सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिकता, संगठनप्रतिको निष्ठा, लगनशीलता र इमानदारीताका साथ सम्पन्न गरेको चर्चा गर्नुभयो ।
सो अवसरमा प्रहरी महानिरीक्षक थापाले सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक आचार्यलाई मायाको चिनो प्रदान गर्नुभयो ।
कार्यक्रममा सेवा निवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक आचार्यले आफ्नो सेवा अवधिमा हासिल गरेका अनुभव सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सेवा निवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक आचार्य वि.सं. २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएको हाे । प्रहरी अतिरिक्त महानिरीक्षक आचार्य उमेर हदका कारण जेठ १० गतेबाट सेवा निवृत्त हुनु भयाे ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker