मिति:- ११ श्रावण २०८१, शुक्रबार | समय:-
ताजाखबरमुख्य खबरसमाज

ट्रकको ठक्करबाट आमा र छोराको ज्यान गयो

रुपन्देही – रुपन्देहीमा ट्रकले ठक्कर दिँदा आमा र छोराको ज्यान गएको छ । सैनामैना बुद्धनगरमा ना ८ ख ४४११ नम्बरको भैँसीपाडा बोकेको ट्रकले ठक्कर दिँदा सैनामैना-५ की राधा भट्टराई र छोरा महेश भट्टराईको ज्यान गएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ज्यान गएको छ ।

सराेज अधिकारी

सरकारी सेवामा कार्यरत सरोज अधिकारी पर्यटन र साहित्यमा रुचि राख्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button